दसैँका लागि कैदीबन्दीलाई खसी र नगद
संखुवासभा | असोज २४, २०८१
सङ्खुवासभा: सङ्खुवासभा उद्योग वाणिज्य सङ्घले जिल्ला कारागार खाँदबारीमा कैद भुक्तान गरिरहेका कैदीबन्दीलाई खसी र नगद उपलब्ध गराएको छ ।
बडादसैँको अवसरमा जिल्ला कारागारका एक सय ३४ कैदीबन्दीका लागि ३० किलो बराबरको खसी र नगद रु पाँच हजार उपलब्ध गराएको सङ्घका वरिष्ठ उपाध्यक्ष डेगराज बस्नेतले जानकारी दिनुभयो ।
उहाँले आज एक कार्यक्रमबीच निमित्त प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेलाई नगदसहित खसी हस्तान्तरण गर्नुभएको थियो ।
सङ्घका महासचिव सरोज बज्राचार्यले कानुनबमोजिम कारबाही भोगिरहे पनि मानवीय संवेदनालाई ख्याल गरेर पर्वका समयमा कैदीबन्दीलाई सहयोग गरिएको बताउनुभयो ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

